जनकपुरमा झाडु लगाउन व्यस्त पर्यटनमन्त्री

जनकपुरमा झाडु लगाउन व्यस्त पर्यटनमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि आज (बिहीबार) बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठमन्दिर र तालतलैयामा सरसफाइ अभियान सुरु भएको छ । छठ आज सुरु हुँदै छ ।

छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए ।

यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो ।

तस्बीरः संस्कृतिमन्त्रीको सचिवालय, रासस