काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता योगेश भट्टराईले संविधानको रक्षाका लागि आफूहरुले आन्दोलन गरेको बताएका छन् ।
मंगलबार प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिलेको लडाई केपी ओली र माधव नेपाल–प्रचण्डबीचको मात्रै नभएको बताए ।
‘केपी ओली, प्रचण्ड र माधव नेपालबीचको लडाई होइन । यो आन्दोलन रक्सी भट्टी चलाउने आन्दोलन होइन । यसले मान्छेको हितका निम्ती दुध पुर्याउने आन्दोलन हो । आज दुई वटा पसल खुलेका छन् । रक्सी पसलमा जाने की दुध पसलमा ?’, उनले भने ।
पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले संसद पुर्नस्थापना हुने बताउँदै प्रधानमन्त्री ओलीको घमण्ड चाँडै अन्त्य हुने बताए । उनले इतिहास नफर्किने बताउँदै पार्टी विभाजन भएर एमाले र माअोवादी नबन्ने दाबी गरे ।




प्रतिक्रिया