काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता योगेश भट्टराईले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरीलाई फिर्ता आउन आग्रह गरेका छन् ।
बिहीबार झाँक्रीलाई पक्राउ गर्न उनकै निवासमा पुगेको प्रहरी टोलीलाई फिर्ता आउन नेता भट्टराईले आग्रह गरेका हुन् । उनले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने बताएका छन् ।
‘राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ’, उनले भनेका छन् ।




प्रतिक्रिया