नेपाल र रावलमाथीको कार्वाही कमजोर सत्ताको अन्तिम परिणाम हो : योगेश भट्टराई

नेपाल र रावलमाथीको कार्वाही कमजोर सत्ताको अन्तिम परिणाम हो : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता माधव नेपाल र भिम रावलमाथी गरिएको कार्वाहीको विरोधप्रति असन्तुष्टि जनाएका छन् । एमालेले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाका लागी पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

एमाले सचिव भट्टराईले सोमबार सांझ ट्विटरमा स्टाटस लेख्दै कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम परिणाम भएको प्रतिक्रिया दिएका छन् । उनले यसको परिणामा उल्टो हुने निश्चित भएको भन्दै निर्णयबाट पछि फर्कनु नै कल्याण हुने चेतावनी समेत दिएका छन् ।