हामी सग्लो एमालेको पक्षमा छौं, छलफल सकारात्मक छः योगेश भट्टराई

हामी सग्लो एमालेको पक्षमा छौं, छलफल सकारात्मक छः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षका नेताहरुबीचको छलफल सकिएको छ ।

सोमबार सिंहदरबारमा बसेको दुवै पक्षको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल समूहका नेता योगेश भट्टराईले आफूहरुले सग्लो एमाले चाहेको भन्दै एकताका निम्ति जुनसुकै कदम चाल्न तयार रहेको बताए ।

‘सबैले अहिले एमालेको एकता चाहेका छन् । यस्तो कुनै असहमति छैन, हामी सग्लो एमालेको पक्षमा छौं । छलफल सकारात्मक छ,’ नेता भट्टराईले भने ।

सोमबार बिहान नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरू घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण बिष्टसँग छलफल गरेका हुन् ।