एकता जोगाउन सहि गरेकी गलत ईतिहासको कठोर मुल्याङ्कनमा खडा छुः योगेश भट्टराई

एकता जोगाउन सहि गरेकी गलत ईतिहासको कठोर मुल्याङ्कनमा खडा छुः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले आज आफ्नो राजनीतिक जीवन सबैभन्दा कठिन दिन भएको बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत नेता भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको बताएका छन् । माधव नेपाल समूहका नेता भट्टराईले आज विपक्षी दलबाट शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेका थिए ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु’, उनले भनेका छन् ।