काठमाण्डु – नेकपा एमालेका युवा नेता योगेश भट्टराईले प्रतिशोधको भावनाबाट माथि उठ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा नपुर्याएको भन्दै संवाद थाल्न आग्रह गरेका हुन् ।
उनले माधव नेपाल समूहमाथि भएको कारबाहीको विरोध गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएका हुन् ।
‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि ।पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई गरौं । धैर्य गरौं, संवाद गरौं’, उनले भनेका छन् ।




प्रतिक्रिया