एमाले एकताको समस्याको मुल जड ओली, नेपाल र खनाल हुन्ः योगेश भट्टराई

एमाले एकताको समस्याको मुल जड ओली, नेपाल र खनाल हुन्ः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवादको जड तीन जना शीर्ष नेता भएको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल विपक्षी दलका नेताहरुसँग मिल्नु नै मुख्य समस्या भएको बताएका छन् । उनले पार्टीमा देखिएको विवाद समाधानका लागि शीर्षनेताबीच गम्भीर छलफल गरेर एमालेको एकता बचाउनुपर्ने बताएका छन् ।

‘एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने’ उनले भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’