माधव नेपाल पक्षमाथि योगेश भट्टराईको कटाक्षः घुँडामुनि हानेको मित्रहरु खुब छटपटाउन थाले त

माधव नेपाल पक्षमाथि योगेश भट्टराईको कटाक्षः घुँडामुनि हानेको मित्रहरु खुब छटपटाउन थाले त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबारेको आलोचनाबारे जवाफ फर्काएका छन् ।

बुधबार एमालेको १० औँ महाधिवेशन प्रचारबारे पत्रकार सम्मेलनमा उनले माधव नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भएको बताएपछि उनको चर्को आलोचना हुँदै आएको छ ।

योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन् ।

‘घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !’, उनले बिहीबार बिहान भनेका छन् ।

योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए ।