काठमाण्डु – एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन्।
पार्टी पुनर्गठन हुँदा नफुट्ने उनले स्पष्ट पारेका छन् । उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस। लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ। फुटने छैन। टुटने छैन।’
उनले पुनर्गठन हुँदा सबै मिल्ने पनि लेख्दै पार्टी थप एकताबद्ध हुने बताएका छन्। ‘सबैको सम्मान हुनेछ। मति सुध्रने छ । गति बढ़ने छ’ उपमहासचिव भट्टराईले लेखेका छन् ।





प्रतिक्रिया