निजगढ विमानस्थलको विषयमा बहस गर्न आफैं सर्वोच्च जान्छुः पर्यटनमन्त्री भट्टराई

निजगढ विमानस्थलको विषयमा बहस गर्न आफैं सर्वोच्च जान्छुः पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि नबढाउन निर्देशन दिएको सर्वोच्च अदालतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जवाफ दिएका छन् । उनले उक्त विमानस्थलका विषयमा बहस गर्न आफैं जाने बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले देशको भविष्यसँग जोडिएको उक्त आयोजनाका लागि आफैं बहसमा जाने बताए ।

उनले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको उल्लेख गरे ।

‘सर्वोच्च क्लियर हुन खोजेको हो, अनुमति मिले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफै जान्छु नि’, मन्त्री भट्टराईले भने, ‘यो आयोजना राष्ट्रिय महत्त्व र देशको भविष्यसँग जोडिएको छ, प्रस्ट हुन जरुरी छ ।’

सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने उनले बताए ।

उनले भने, ‘त्यहाँ २५ लाख रुख काट्ने भनेर हल्ला गरियो, जैविक विविधता मासिन्छ भन्ने हल्ला भयो, त्यसैले सर्वोच्चले सत्य तथ्य बुझन खोजेको हो ।’

‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ मन्त्री भट्टराईले भने ।