काठमाण्डु – नेकपा (एमाले) ले नेताहरुको वरियता निर्धारण गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले एमाले सचिवहरुको वरियता निर्धारण गरेको हो ।
मंसिर २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरुको वरियता निर्धारण गरेको छ । जसमध्ये दुई युवा नेताहरु एक तह बढुवा भएका छन् । एमाले सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराईको वरियता बढुवा भएको हो ।
हालको वरियताक्रमअनुसार दुवै नेतालाई छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा अगाडि राखिएको छ । यसभन्दा अगाडि विष्ट र भट्टराईलाई विश्वकर्मा र महासेठभन्दा पछाडि राखिएको थियो । दुई जना नेताहरुको मात्रै वरियता निर्धारण गरिएको छ । अन्य नेताहरुको वरियता भने साविक नै रहेको छ।
यस्तो छ एमाले सचिवको वरियता
टोपबहादुर रायमाझी
लेखराज भट्ट
गोकर्णराज विष्ट
योगेश भट्टराई
छविलाल विश्वकर्मा
रघुवीर महासेठ
पद्या अर्याल




प्रतिक्रिया