योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित

योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २२६ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्।