काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन् ।
उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राखेका छन् त्यसलाई शीर्ष नेताहरूले बसेर मिलाउने बताए । उनले वर्तमान गठबन्धन नेपाली काँग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए ।




प्रतिक्रिया