वायुसेवा निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खाएजस्तै हाे : पूर्वपर्यटनमन्त्री भट्टराई

वायुसेवा निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खाएजस्तै हाे : पूर्वपर्यटनमन्त्री भट्टराई

निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका हुन् । उनले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको पनि बताए ।

ग्राउन्ड ह्यान्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए। उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउन्ड ह्यान्डलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको समेत बताए।

पूर्व पर्यटनमन्त्री भट्टराईले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको पनि बताए । नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी थोपरिएको बताए ।

एमालेले तीन वर्ष सरकार सञ्चालन गर्दा एक जना पनि कर्मचारी नथपेको भन्दै अहिले निगममा सयौँ कर्मचारी भर्ती गरेर निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको आरोप लगाए ।