काठमाण्डु – नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुखले एमाले विभाजनमा प्रमुख भूमिका खेलेको बताएका छन् ।
शनिबार तुलसीलाल स्मृति प्रतिस्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले एमाले विभाजनमा मुख्य भूमिका सभामुख अग्नि सापकोटाको रहेको बताएका हुन ।
एमालेले आफ्ना १४ सांसदलाई पार्टी विभाजनअघि नै कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताए ।
‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद्को नेता हो,’ उनले भने, ‘तर, उहाँले संसद्को नेता भन्दा सत्तापक्षको सदस्यको रूपमा बढी भूमिका खेल्नुभयो । सभामुखले प्रतिपक्षको टिप्पणी सुन्नुपर्छ र उचित हल दिनुपर्छ । तर उहाँले त्यो गर्न सक्नुभएन ।’




प्रतिक्रिया