अखिल र युथ फोर्स तत्काल खारेज गर्न योगेश भट्टराईको माग

अखिल र युथ फोर्स तत्काल खारेज गर्न योगेश भट्टराईको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले अलग–अलग खडा गरेका युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् । उनले अनेरास्ववियु र युवा संगठनलाई ओझेलमा पारेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य नभएको उल्लेख गरेका छन् ।

उनले प्रश्न गर्दै भनेका छन्, ‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’

‘समाजमा आतंकको आभास दिने र युवालाई अराजनीतिकरण गर्दै कानून हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत यस्ता बहुबली समूहहरू तत्काल खारेज गर्नुपर्छ,’ उनले भनेका छन् । अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गराउनुपर्ने उनले बताएका छन् ।

उनले अगाडी लेखेका छन् , ‘शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थः यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थः यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु । ’