काठमाण्डु – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो नघटेपछि सचिव भट्टराई शुक्रबार बीर अस्पताल भर्ना भएका हुन् ।
डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको छ । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।




प्रतिक्रिया