काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । शुक्रबार नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा फेरि सत्तामा फर्किने दाबी गरेका हुन् ।
उनले विभिन्न षड्यन्त्रबाट आफूहरू सरकारबाट बाहिरिएको समेत जिकिर गरे । ‘विभिन्न षड्यन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ । एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छु, उनले भने, ‘तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछाै। आगामी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन् ।’
त्यसैगरी नेता भट्टराईले पाँच दलीय गठबन्धनलाई पछि पार्दै एमालेले बहुमत लिएर सरकारमा फर्किने दाबी गरे । ‘एमालेविरुद्ध गठबन्धन बनेका छन्। पाँच दलीय गठबन्धनलाई पनि एमालेले चिर्नेछ, उनले भने, ‘ती सबै अवरोधलाई एमालेले तोडेर शक्तिमा फर्किन्छ। सरकारमा फर्किन्छ । त्यहीकारण हामी सर्वसम्मत नेतृत्व चयन गर्छौँ । केपी ओलीको अगुवाइमा एमाले अर्को पटक सत्तामा फर्किने गरी अघि बढेका छौँ ।’




प्रतिक्रिया