सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको छु : योगेश भट्टराई

सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको छु : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको १० औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने र अहिले नै माथिल्लो पदमा जान नखोजेको बताएका हुन् ।

‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु’ उनले भने । उनले अहिले नै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताएका छन् ।