चितवन – नेकपा एमालेको १० औँ महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको बारे थाहा नभएको बताएका छन् । मतदान सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन् ।
त्यसैगरी उनले मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे । ‘ पर्चा भेटिएको भन्ने बारे हामीलाई थाहा छैन । तपाईंहरूले अहिले भन्नुभयो हामीले नोटिसमा लियौं । तर, त्यसरी बाँडिएको थाहा छैन ।’ महाधिवेशनस्थलमा मतदान गर्नु नपर्ने भनी केही उम्मेदवारको नाम समावेश भएको पर्चा वितरण भएको थियो । त्यसप्रति अध्यक्षका उम्मेदवार भीम रावलले आपत्ति जनाएका थिए ।




प्रतिक्रिया