नारायणहिटी प्रकरणमा योगेशको चुनौती- मेरो संलग्नता भएको प्रमाण सार्वजनिक गर्नुस

नारायणहिटी प्रकरणमा योगेशको चुनौती- मेरो संलग्नता भएको प्रमाण सार्वजनिक गर्नुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव योगेश भट्टराइले नारायणहिटी दरबार संग्रहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नारायणहिटी दरबार संग्राहालय परिसरमा रेष्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्वमन्त्री भट्टराईको पनि नाम जोडिएपछि उनले त्यस सम्बन्धि निर्णयमा आफ्नो संलग्नता नरहेको स्पस्ट पारेका हुन् । उनले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस बनिसकेको दाबी गरेका छन् ।

‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु’, उनले भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’

यस विषयमा विभिन्न टिकाटिप्पणी भएपछि पर्यटनमन्त्री प्रेम आलेले मंगलबार नै बि. म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएका थिए ।