प्रचण्ड अस्थिर रहेकाले भरोसा छैन: योगेश भट्टराई

प्रचण्ड अस्थिर रहेकाले भरोसा छैन: योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन जोगाउने पक्षमा आफहरु रहेको बताएका छन् ।

मंगलबार सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एमाले सत्ता गठबन्धन जोगाउने पक्षमा रहेपनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेकाले भरोसा नभएको बताएका हुन् ।

‘अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन। कुनै गन्तव्यमा पुग्न स्थायित्व हुनुपर्ने हो। तर प्रचण्डमा त्यो स्थिरता देखिँदैन। प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ।’, उनले भने ।

सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने हुँदा कांग्रेसले नैतिक रुपमा समर्थन गर्न नमिल्ने भट्टराईको भनाई छ । पछिल्लो समय सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । नेकपा एमालेले पहिलाको सहमति अनुसार आफ्नो पार्टीबाट उम्मेदवार बन्ने र सत्ता गठबन्धन दलले समर्थन गर्नुपर्ने बताउँदै आएको छ ।

यता माओवादी केन्द्रले भने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेको छ । त्यसकारण राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धन फुट्न सक्ने समेत आँकलन गरिएको छ ।