काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा हुने बन्द हडतालबाट आफू वाक्कदिक्क भएको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको बताउँदै आफु त्यसबाट वाक्क दिक्क भएको बताए ।
उनले अहिलेको समय भनेको विकास गर्ने समय भएको बताउँदै सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिए ।
‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु,’ उनले भने, मलाई तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दी र आन्दोलनबाट म कन्भिन्स हुन्न ।’
मुलुकमा भइरहेको आन्दोलनबाट वाक्क भएका मन्त्रीले भने, ‘स्थापना दिवसकै दिन केको बन्द हड्ताल ? यदि कसैले सार्वजनिक सम्पत्तिमा क्षति गर्छ भने त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराउँछौं । आन्दोलनमा लाग्नुको सट्टा विकास र सिर्जनामा लाग्नुहोस् ।’




प्रतिक्रिया