संसदीय समितिमै रोए योगेश भट्टराई र माधव नेपाल

संसदीय समितिमै रोए योगेश भट्टराई र माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संसदीय समितिमा भक्कानिएर रोएका छन् ।

आइतवार प्रतिनिधिसभाको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भट्टराईको स्वागतका लागि राखेको एक कार्यक्रममा विस २०४३ सालको एक घटना सम्झिएर मन्त्री भट्टराई भक्कानिएका हुन् ।

२०४३ सालमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराई भक्कानिएका हुन् ।

मन्त्री भट्टराईले भने, २०४३ सालमा पंचायत निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि म त्यही अनुसार दिनरात नभनी खटिएँ । त्यसपछि एक्कासी म बिरामी भएँछु । टिचिङ अस्पतालका डाक्टरहरूले मेरो बाँच्ने आशा नरहेको बताइसकेका थिए । त्यतिबेलै उहाँ (माधवकुमार नेपाल) मलाई भेट्न आउनुभयो । उहाँको एक स्पर्शले मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो ।’

भट्टराईले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध शिक्षक र विद्यार्थी तथा गुरु र चेलाको जस्तो मात्र नभई नेता नेपाल आफ्नो अभिभावक भएको बताए ।

भट्टराईले पटक–पटक त्यसो भनिरहँदा उक्त कार्यक्रममा पस्थित नेता नेपाल पनि सुँक्क सुँक्क गरिरहेका थिए ।