काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पर्यटन मन्त्री योगश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपाभित्रको आन्तरिक किचलो चरम अवस्थामा पुगेका बेला भट्टराईले सबैलाई रोकिन आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौ ।’
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।उपाध्यक्ष बामदेव गौतमले भने ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।




प्रतिक्रिया