रसियन नेता ज्यूगानोभसँग योगेश भट्टराईको भेट, दिए नेपाल भ्रमणको निम्तो


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभसँग भेटवार्ता गरेका छन् ।

रसियन संसद दुमाको आयोजनामा १ जुलाई देखि सुरु भएको मस्कोमा जारी ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तर्रा्ष्ट्रिय मञ्च’ मा भाग लिन मस्को पुगेका नेता भट्टराईले बुधबार नेता ज्यूगानोभसँग भेट गरेका हुन् ।

भेटमा नेता भट्टराईले नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको र तिनै तहको निर्वाचनमा विजय हासिल गरेको जानकारी दिए ।
अब नेपाल राजनीतिक स्थायीत्वसँगै तिव्र आर्थिक विकासमा अघि बढेको बताउँदै उनले नेता ज्युगानोभलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।

प्रतिउत्तरमा नेता ज्यूगानोभले निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्दा आफू उत्साहित भएको बताए । ज्युगानोभले नेपाल भ्रमणको इच्छा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement