आत्मआलोचना गर्नुको सट्टा देउवा खाँबो चिथोर्ने बिरालोको शैलीमा प्रस्तुत भएः योगेश भट्टराई


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा सदनमा रिसाएको बिरालो जस्तै खाँबो चिथोर्ने शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा बोल्न नदिएको विषयमा आत्मालोचना गर्नुको साटो रिसाएको बिरालो जसरी प्रस्तुत भएको भन्दै देउवाको आलोचना गरे ।

भट्टराईले सभामुखको आदेश नमानेको बताउँदै भने, ‘कानून कम्युनिस्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई कानुन नलाग्ने हुन सक्तैन ।’

देउवा लामो समय बेलायतमा पढेको सुनेको तर, त्यहाँको संसदीय अभ्यास नबुझेको भट्टराईले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement