मन्त्रिमण्डल विस्तार : योगेश भट्टराई बने पर्यटनमन्त्री, शपथ ४ बजे

मन्त्रिमण्डल विस्तार : योगेश भट्टराई बने पर्यटनमन्त्री, शपथ ४ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराइलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका छन् ।
ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको राष्ट्रपति कार्यालय शितलनिवासमा आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराई अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी नेकपाका सबैभन्दा ‘पपुलर’ दोस्रो पुस्ताका नेता हुन्।