काठमाण्डु – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी पशुपति नाथको दर्शन गर्न अप्रिल तेस्रो साता काठमाण्डौं आउन लागेको स्रोत बताउंछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता मात्र भारतको भ्रमण गरेका थिए । त्यसक्रममा देउवा उत्तर प्रदेशको वाराणायसी समेत पुगेका थिए । जहां मुख्यमन्त्री आदित्यनाथले उनको स्वागत गर्नुका साथै द्धिपक्षिय हितका विषयमा दुवै नेताबीच कुराकानी भएको थियो ।
प्रधानमन्त्री देउवाले उनलाई नेपाल भ्रमणको समेत निम्तो दिएका थिए । आदित्यनाथको नेपालसंग पुरानो सम्बन्ध छ । उनको नेपालका हिन्दुवादी संघ संगठनका नेताहरुसंग गहिरो सम्बन्ध रहेको बताइन्छ ।




प्रतिक्रिया