चेतनको हत्या गर्ने गुन्डा नाइके राष्ट्रपतिले आममाफी दिएर छुटेपछि…

चेतनको हत्या गर्ने गुन्डा नाइके राष्ट्रपतिले आममाफी दिएर छुटेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् । नेपालगन्जको सुर्खेत रोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके ढकाललाई राष्ट्रपति पौडेलले आममाफी दिए पछि जेलबाट रिहा भएका छन्।

२०७२ असार २८ गते स्थानीय २९ वर्षीय युवा मानन्धरलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत बाँकेले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

तर, ४० प्रतिशत मात्रै सजाय काटेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको दबाबमा कारागार प्रशासनबाट सिफारिस भएसँगै उनलाई असोज ३ गतेको संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटेका छन्।

सर्वस्वसहित जन्मकैद भोगेका उनलाई ५० प्रतिशत सजाय पूरा नभएपनि आममाफी मिलेको हो। ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेका थिए । ४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो । जेल सजाय हुनु पहिले रिगल कांग्रेसको भ्रातृसंगठन तरुण दलका क्षेत्रीय सभापति समेत थिए।