यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम जारी छ।

जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे। रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए। किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।

‘हामीले अभिभावकको जिम्मा लगाएर पठाएका छौं, कलिलो उमेरमै जोखिमपूर्ण बाटोमा जान लागेकी रहिछन् उनी,’ माइती नेपालको वीरगन्जस्थित कार्यालय प्रमुख संगीता पुरीले भनिन्, ‘यो संवेदनशील उमेर हो, बाबुआमाले ध्यान पु¥याउन नसक्दा वा गलत संगतको प्रभाव पर्दा किशोरीहरू कुबाटो र जोखिममा परिरहेका छन्।’ पारिवारिक वातावरण बिथोलिँदा पनि किशोरीहरू जोखिममा परेका थुप्रै घटना रहेको उनले बताइन्।

स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।
वैशाख १३ गते एकजना १५ बर्से किशोरीलाई राति शंकास्पद अवस्थामा फेला पारेर वडा प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलीले माइती नेपालमा पु¥यायो। किशोरीले आफ्नो घर दाङ जिल्ला रहेको बताइन्। उनी बिरामी अवस्थामा थिइन्। जँचाउन नारायणी अस्पताल लगियो। पेटमा पाँच महिनाको बच्चा रहेछ। यो खबर नागरिक दैनिकमा छ ।