म जनताको लागि काम गर्छुः प्रधानमन्त्री सुगा

म जनताको लागि काम गर्छुः प्रधानमन्त्री सुगा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो – जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका छन् ।

कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताए ।

‘म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,’ सुगाले भने ।

पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए ।