योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै


एजेन्सी – जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले नयाँ नेताको रुपमा योशिहिडे सुगालाई चयन गरेको छ ।

सत्तारुढ दलको नेतामा निर्वाचित भएसँगै सुगा प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो । सुगा सिन्जो आबेको ठाउँमा प्रधानमन्त्री बन्नेछन् ।

सुगाले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेशमन्त्री फ्युमिओ किशिडालाई पराजित गरेका छन् । सोमबार भएको मतदानमा सुगाले ७ हजार ३ सय ७७ मत ल्याएका थिए ।

गत महिना आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि सुगालाई भावी प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा हेरिएको थियो । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेको छ ।

नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् । सुगा नाताले जापानमा रहेका नेपाली व्यवसायी तथा एनआरएनका पूर्व अध्यक्ष भवन भट्टका काका ससुरासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement