अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व तिर्न सकिने

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व तिर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नापी विभागले घरमै बसेर राजस्व तिर्न सकिने अनलाईन प्रणाली सञ्चालनमा ल्याएको छ ।

विभागले पहिलोपटक घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजस्व तिर्न सकिने ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ सञ्चालनमा ल्याएको हो । सो प्रणालीको आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक अद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीले उद्घाटन गरेलगत्तै सेवाग्राहीले अनलाईन मार्फत सेवा लिएका छन् । नापी कार्यालय कलंकीको सेवाग्राही थानकोट महादेवस्थान निवासी दमन्ता ढुंगाना पहिलो सेवाग्राही बनेकी छन् । उनलाई प्रधामन्त्री ओलीले प्रिन्ट भएको लालपूर्जा हस्तान्तर गरे ।

बिहीबारदेखि काठमाण्डुको कलंकी, डिल्लीबजार र भक्तपुरमा लागू भएको यो प्रणाली उपत्यकाबाहिर भने विस्तारै प्रयोगमा ल्याइने विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।