कोरोना नियन्त्रणमा खटिने स्वयम सेविकालाई १५ सय भत्ता

कोरोना नियन्त्रणमा खटिने स्वयम सेविकालाई १५ सय भत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना व्याधि रोकथाम, नियन्त्रणका लागि खटिने स्वयम सेविकालाई एकपटक खटिएवापत् १५ सय भत्ता उपलब्ध गराउने भएको छ ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले पहिलो चरणमा क्वारेन्टाइनमा बस्नुपर्ने मानिसहरू बसे नबसेको, नियम पालना गरेनगरेको अनुगमन गर्ने महिला स्वयम्सेविका परिचालन गरिने जानकारी दिए ।

नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांक छ । आइतबार बसेको कोरोना सङ्क्रमण रोकथा तथा नियन्त्रण उच्चस्तरीय समितिले उनीहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको थियो ।