दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौंको भिड

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौंको भिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले शनिबार संसद्‌मा फेरि मतदान गर्दै छन्।

विपक्षी दलहरूले युन सुक योललाई राष्ट्रपति पदबाट नहटाएसम्म प्रत्येक शनिबार महाभियोग प्रस्ताव ल्याउने बताएका छन्।

अहिले संसद्‌बाहिर हजारौँको भीड लागेको बीबीसीले जनाएको छ ।

महाभियोग प्रस्तावको समर्थनमा विपक्षी दललाई सत्तारुढ दलका आठ सांसदको मत आवश्यक छ। यसअघि सत्ता पक्षका सबै सांसदले साथ नदिँदा महाभियोग प्रस्ताव पास हुन सकेको थिएन।

युन सुक–योलले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिको खतरा रहेको दाबी गर्दै केही दिनअघि देशमा मार्सल ल लागू गर्ने घोषणा गरेका थिए।