एमालेले ‘युथ सेलिब्रेशसन’ गर्दै, एक लाख युवा उतार्ने तयारी

एमालेले ‘युथ सेलिब्रेशसन’ गर्दै, एक लाख युवा उतार्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेशसन’ आयोजना गर्दैछ ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट ‘युथ सेलिब्रेसन’ गर्दैछ । कार्यक्रममा ४० वर्षमुनिका युवा परिचालन गरिनेछ ।

‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, कार्यक्रमको जिम्मा पाएका युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए । उनले कार्यक्रममा देशभरबाट एक लाख युवाले सहभागिता जनाउने पनि बताए ।

कार्यक्रमको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । कार्यक्रमस्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन् ।

कार्यक्रमस्थलमा कफी सप, फुडसप तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने छ ।