राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहारप्रति जनजाति युवा महासंघको आपत्ति

राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहारप्रति जनजाति युवा महासंघको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आदिवासी जनजाति युवा महासंघले राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएको हो ।

विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्दै महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

साथै महासंघले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

राउटे समुदायका युवतीलाई ती युवाहरुले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।