युवा उद्यमीलाई राजनीतिमा लाग्न बाबुराम भट्टराईको सुझाव


काठमाडौं – नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा बुधबार अन्तरक्रिया आयोजना गरेको छ । पूर्व प्रधानमन्त्री  समेत रहेका डा. बाबुराम भट्टराईसँग बुधबार परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा उनले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।

नेपाल किन बाँकी विश्व भन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीको प्रश्नमा भट्टराईले भने,केही ऐतिहासिक तथ्यहरुलाई उल्लेख समेत गरे ।उनले भने’ भयो, “अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देस भित्र पथ्र्यो। तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुदा प्रगति रोकिन पुग्यो ।

तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ । ” चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे ।

भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि भट्टराईले बताए । उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement