युट्युवरहरूलाई खुसीको खबर : युट्युवले परिवर्तन गर्दैछ नियम


एजेन्सी – पछिल्ला दिनहरुमा टेलिभिजनलाई पछि पारेर संसारभर युट्युव लोकप्रिय बन्दै गएको छ । भिडिओका लागी चर्चित प्लेटफर्म युट्युवले नयाँ नियम परिवर्तन गरेको छ ।

युट्युवमा पहिले १० मिनेट भन्दा लामो भिडिओमा मात्रै मिड् रोल एड् राख्न सकिन्थ्यो । अबदेखी ८ मिनेट भन्दा लामो भिडिओमा पनि मिड् रोल एड् राख्न मिल्ने नियम ल्याएको छ । यसले गर्दा युट्युवरहरूले थप पैसा आर्जन गर्न सक्नेछन् । जुलाई ७ मा गुगलले आफ्ना प्रयोगकर्तालाई इमेल पठाएर यसबारेमा जानकारी गराएको हो ।

जुलाई २७ देखी नयाँ नियम लागु हुनेछ । कोभिड १९ पछि युट्युवको व्यापारमा पनि घाटा लागेको थियो । युट्युवले ८ मिनेट भन्दा लामो भिडिओमा मिड् रोल एड् दिने भएपछि युट्युव प्रयोगकर्ताहरूले यसबाट लाभ लिन सक्नेछन् ।

हाल युट्युवका प्रयोगकर्ता हरेक महिना बढिरहेका छन् । गुगलको सबैभन्दा लोकप्रिय सेवा नै युट्युव हो । जिमेल भन्दा पनि यसका प्रयोगकर्ताको संख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement