गभर्नरलार्इ अर्थमन्त्रीको निर्देशनः ‘मेरा ज्वाइँलाई अर्थमन्त्रालय पठाउनु’

गभर्नरलार्इ अर्थमन्त्रीको निर्देशनः ‘मेरा ज्वाइँलाई अर्थमन्त्रालय पठाउनु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका डा. युवराज खतिवडा १४ फागुनमा अर्थमन्त्री बनेपछि चर्चा भयो–कस्तो होला अर्थमन्त्री खतिवडाको आर्थिक नीति?’

प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रियसभामा गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गरेपछि अर्थमन्त्री बन्ने मौका पाएका थिए। तर, खतिवडा भने ज्वाइँ मोहका कारण विवादमा तानिएका छन्।

१५ फागुनमा नेपाल राष्ट्रबैंकलाई पत्र लेख्दै खतिवडाले आफ्ना ज्वाइँलाई मन्त्रालय पठाउन निर्देशन दिएको रहस्य अहिले आएर खुलेको छ।

खतिवडाले नेपाल राष्ट्रबैंक बिराटनगर कार्यालयका उपनिर्देशक डा. रामशरण खरेल (खतिवडाका ज्वाइँ) लाई अर्थमन्त्रालय पठाउन भनेका हुन्। ‘आजैका मितिदेखि यस मन्त्रालयमा काम काज गर्ने गरी खटाई दिनुहुन आदेश अनुसार अनुरोध छ,’ मन्त्रालयको तर्फबाट शाखा अधिकृत निरन्जन ज्ञवालीले राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख छ।

खरेल अर्थमन्त्री खतिवडाका छोरीज्वाइँ हुन्। खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा पनि खरेललाई अन्तराष्ट्रिय मुद्रा कोषमा पठाइएको थियो।

त्यसअघि राष्ट्रबैंकबाट आइएमएफको सल्लाहकारमा कम्तिमा निर्देशक तहसम्मको अधिकारी पठाउने चलन थियो। तर, खतिवडाले आफ्ना ज्वाइँलाई लाभको पदमा पठाएका थिए।