जी न्युजका प्रधान सम्पादकले नेपालीसँग मागे माफी


एजेन्सी – भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् ।

‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन । यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन् ।

सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन् । उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन् ।

‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन । यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन् ।

जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement