जेन जीको प्रदर्शनमा दुई पत्रकार घाइते

जेन जीको प्रदर्शनमा दुई पत्रकार घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जीको प्रदर्शनमा दुई जना पत्रकार घाइते भएका छन् ।

बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ।

प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्।

यस्तै कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको थियो ।