२ जनाको मृत्यु भएपछि झन उग्र बने जेनजी, संसद् भवन परिसर भित्रै लगाए आगो

२ जनाको मृत्यु भएपछि झन उग्र बने जेनजी, संसद् भवन परिसर भित्रै लगाए आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी प्रदर्शनकारीमाथि प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ। सरकारले कर्फ्यु आदेश जारी गरे पनि २ जनाको मृत्यु भएपछि प्रदर्शन झन उग्र बन्दै गएको हो ।

प्रदर्शनकारीले संघीय संसद् भवनको मुल गेट (पश्चिम गेट) भित्रै आगो लगाएका छन्।

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेको छ।

१०० भन्दा बढी घाइते भएका छन् भने बानेश्वरकै सिभिल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। प्रहरीको गोली लागेर घाइते भएका जेनजीको सिभिल अस्पतालमै मृत्यु भएको हो ।