जेट एयरवेजका सिइओले दिए राजिनामा


एजेन्सी – भारतीय विमान कम्पनी जेट एयरवेजका सिइओ विनय दुबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । दुबेको राजिनामाबारे एयरलाइन्स प्रशासनले पुष्टि गरेको छ । विनयले सन् २०१५ मा एयरलाइन्समा सेवा सुरु गरेका थिए ।

पछिल्लो एक महिनायता जेट एयरका धेरै बोर्ड मेम्बरले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । विनयले आफ्नो पदबाट राजीनामा दिनुलाई आफ्नो व्यक्तिगत मामला भएको बताएका छन् । केही महिनाअघि सो कम्पनीका डेपुटी सिइओ अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

आर्थिक संकटमा फसेपछि उक्त एयरलाइन्सले १७ अप्रिलबाट अस्थाई रुपमा आफ्नो सेवा बन्द गरेको थियो । एयरलाइन्सको ७५ प्रतिशत हिस्सेदारी बेच्नका लागि यसका कर्जादाता बैंकले बोलपत्र समेत आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement