जिम्बाब्वेका राष्ट्रपति मुगाबेले दिए राजीनामा, महाभियोग स्थगित

जिम्बाब्वेका राष्ट्रपति मुगाबेले दिए राजीनामा, महाभियोग स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– जिम्बाब्वे राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन्।

 

 

मुगाबेले राजीनामा दिएसँगै उनीविरुघ लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको छ।

 

 

 

सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलबार अपरान्ह आफ्नो पदबाट राजीनामा दिएका हुन्।

 

 

जिम्बाब्वेको संसदका जिम्बाब्वेको संसदका सभामुखले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएको जनाएका हुन्।

 

सभामुखले उनको राजीनामा पत्र संसदमा पढेर सुनाएपछि सांसदहरुले खुसियाली मनाएका थिए।

 

 

राजधानी हरारेका सडकहरुमा मानिसहरुले नाचगान गरिरहेका छन्।

 

 

 

यसअघि संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावमा उनले आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो।

 

 

 

अज्ञात स्थलबाट बोल्दै मंगलबार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका थिए।

 

 

मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो।