आरआर क्याम्पसमा विद्यार्थीबीच कुटाकुट

आरआर क्याम्पसमा विद्यार्थीबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच कुटाकुट भएको छ ।  सोमबार बिहान आरआर क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच कुटाकुट भएको हो ।

गत शनिबार पिकनिक गएका दुवै संगठनका विद्यार्थीबीच आज भएको सामान्य विवादले उग्र रुप लिँदा झडप भएको आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले जानकारी दिए ।

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ । भलडपमा केही प्रहरीसमेत घाइते भएका छन् ।