काठमाण्डु – इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाण्डु जिल्ला अदालतले इनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप १ हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डुलाई अनुमति दिएको हो ।
इनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कूलका प्रिन्सिपल हुन् । भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । इनमविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ अन्तर्गतको कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया