गोदावरीस्थित मिजारको घरमा बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी
ललितपुर – ललितपुरको गोदावरीस्थित एक घरमा बम फेला परेको छ । गोदावरी नगरपालिका–५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको हो ।
अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीसपी कृष्णराज ओझाले जानकारी दिए ।
बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।